• शनिबार, साउन १६ २०८३

गोरखामा मतदान सुरु, ३११ केन्द्रबाट भोट हाल्ने ब्यवस्था


शुक्रबार, बैशाख ३० २०७९
630
Shares

गोरखा । गोरखामा मतदान सुरु भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको समय बिहान ७ बजेदेखि नै जिल्लाभर मतदान सुरु भएको हो ।

२ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा ३ सय ११ मतदानमा सर्वसाधारणले भोट हाल्दैछन् ।

त्यस्तै गोरखामा २ सय १५ मतदान स्थलको तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले जनाएको छ । गोरखामा २ लाख १८ हजा ५ सय ६३ मतदाता छन् ।

आज बिहान सात बजेदेखि नै जिल्लाका ९४ वटै वडामा मतदान भइरहेको बताइएको छ । हालसम्म जिल्लामा मतदानको कार्यक्रम शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार