• शनिबार, साउन १६ २०८३

पालुङटारमा कांग्रेसका उम्मेद्वार चढेकाे सवारी दुर्घटना


बिहिबार, बैशाख २९ २०७९
1.7K
Shares

गोरखा । पालुङटारमा कांग्रेसका उम्मेदवार सवार कार दुर्घटना भएकाे छ । पालुङटार ९ का वडाअध्यक्षका उम्मेदवार भेजराज पाण्डे सवार कार मिरकाेट भन्ने स्थानमा दुर्घटना हाे ।

प्रदेश ३–०१–०२४ च १५४० नंबरको कार बिहिबार दिउसो कामीडाँडा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रामज्योति आधारभूत विद्यालयको मतदान केन्द्र अवलोकन गरेर फर्कने क्रममा ब्रेक फेल भई कार पल्टिएको कारमा सवार डाक्टर मोदनाथ मरहट्टाले जानकारी दिए ।

कारमा सवार वडाअध्यक्षका उम्मेद्वार पाण्डेसहित डाक्टर मरहट्टा र गण्डकी प्रदेश समितिकी सदस्य रविकला खनालको अबस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार