
गोरखा। गोरखाका मतदान केन्द्रहरुमा ३० गते हुने निर्वाचनको तयारीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।
मतदान अधिकृत र खटिएका कर्मचारीले मतदान केन्द्र आसपासमा रहेका राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर मतदानलाई शान्तिपूर्ण, भयरहित बनाउने विषयमा छलफल गरेका छन् ।

मतदानको दिन शान्ति सुरक्षा कायम गर्न, मतदातालाई सहज रुपमा केन्द्र सम्म पुगेर मतदान गर्ने बतावरण बनाउन दलका प्रतिनिधि बिच छलफल गरिएको मतदान अधिकृतहरुले बताएका छन् ।
मतदान केन्द्रको ब्यवस्थापन कसरी गर्ने, उम्मेदवारका प्रतिनिधि कति जना बस्ने, मतदानको सजिलाका लागि के गर्ने भन्ने बारेमा छलफल गरिएको छ । निर्वाचन कार्यालयले तालिम दिएर उनीहरुलाई मतदान केन्द्रमा गर्नुपर्ने कामका बारेमा सिकाएर पठाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए ।
कतिपय निर्वाचन अधिकृतले भने सर्वदलिय बैठक बसेको फोटो र निर्णय सामाजिक सञ्लामा राखेका छन् । सबै मतदान अधिकृतलाई मतदान केन्द्रमा सर्वदलिय बैठक राख्न निर्वाचन कार्यालयले प्रशिक्षणा दिएको थियो ।


