• शनिबार, साउन १६ २०८३

सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने


बुधबार, बैशाख २८ २०७९
805
Shares

/fi6«klt e08f/Laf6 gLlt tyf sfo{qmd k|:t't /fi6«klt ljBfb]jL e08f/L ;+3Lo ;+;b ejg gofF afg]Zj/df z'qmaf/ a;]sf] ;+3Lo ;+;bsf] ;+o'Qm a}7sdf cfly{s jif{ )&^–&& sf] gLlt tyf sfo{qmd k|:t't ub}{ . t:jL/M k|bLk /fh jGt, /f;;
This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान गरेकी थिइन्।सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता  रोजनाथ पाण्डेले बताए।

उनले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी थिइन्। सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने उनले बताए। 

न्युज एजेन्सी नेपलसँग कुरा गर्दै प्रवक्ता पाण्डेले बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताए।

उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको उल्लेख गरे। जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफल हुने प्रवक्ता पाण्डेले बताए। 

जेठ १२ वा १३ गते संसदमा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए।

प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरू निरन्तर रूपमा चल्ने बताए। पाण्डेका अनुसार प्रतिनिधि सभासँग ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि सुरू हुने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार