
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मत परिणाम एक साताभित्रै सार्वजनिक गरिसक्ने तयारी गरेको छ ।
आयोग एक आयुक्तका अनुसार सात दिनभित्रै मतगणना सक्ने गरी तयारी गरिएको छ ।आउँदो जेठ ५ गते स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिँदै छ ।
सोहीअनुसार आयोगले सात दिनभित्रै मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको हो । आयोगले थोरै मतदाता रहेका पालिकाहरूमा जेठ ५ अगावै निर्वाचित पदाधिकारीहरूको शपथलगायत काम गर्ने तयारी गरिएको छ ।
धेरै मतदाता रहेका र महानगरपालिकाहरूमा अघिल्लोपटकजस्तो धेरै दिन नलगाइने आयोगले जनाएको छ । वैशाख ३० गते देशभर एकै चरणमा हुन लागेको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।


