गोरखा । केन्द्रकाे सहमती ताेडेर बाबुराम भट्टराइकै गृहनगरमा जनता समाजवादी पार्टी र नेकपा एमालेवीच चुनावी तालमेल हुने भएकाे छ ।
सरकारी गठबन्धनमा रहेका पाँच दलबाहेकका दलवीच चुनावी तालमेल नगर्ने केन्द्रका शिर्ष नेताहरुकाे लिखित सहमती ताेडेर भट्टराईकै नगर पालुङ्गटारमा भने जसपाले एमालेसंगग तालमेल गरेकाे हाे ।
जसपाका संघिय अध्यक्ष समेत रहेका स्वयम बाबुराम भट्टराईले समेत बैशाख ६ गते गाेरखा सदरमुकामकाे खेलकुद मैदानमा पार्टीकाे आमसभालाई सम्बाेधन गर्न आएकाे बेला पत्रकारसंगकाे कुराकानीमा सरकारी गठबन्धन बाहेकका दलसग तालमेल गर्नु राजनीतिक नैतिकता बाहिरकाे बिषय भएकाले कुनै हालतमा एमालेसंग तालमेल नहुने बताएका थिए ।
तर आज माैन अवधी सुरु हुनु भन्दा केहि घण्टा अघि मात्रै दुवै पार्टीको जिल्ला समितिले विज्ञप्ति जारी गरी दुई पार्टी बीच मेयर, उपमेयर तथा वडाहरुमा तालमेल गरेको जानकारी गराएका हुन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपा गोरखाका अध्यक्ष यानप्रसाद भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा मेयरमा जसपाका प्रेम गुरुङलाई एमालेले सघाउने र उपमेयरमा एमालेकी पार्वती पाठकलाई जसपाले सघाउने निर्णय भएको उल्लेख छ ।
त्यस्तै वडा नं. ४ र ५ मा एमालेले जसपालाई सघाउने र वडा नं. ६, ७ र १० मा एमालेलाई जसपाले सघाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । अन्य वडामा आपसी सहमतिमा अघि बढ्ने उल्लेख गरिएको छ ।