• शनिबार, साउन १६ २०८३

उमेदवार र ‘फ्यान’को सामाजिक सञ्जालका चुनावी ‘पोस्ट’ हटाउन निर्देशन


मंगलबार, बैशाख २७ २०७९
960
Shares

निर्वाचन आयोगले मौन अवधि सुरु हुनुअघि सामाजिक सञ्जालमा पोस्ट गरिएका आचारसंहिताविपरीतका सामग्री हटाउन निर्देशन दिएको छ ।

आज राति १२ बजेदेखि स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुँदै छ । त्यसअगावै त्यस्ता सामग्री हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिइएको हो ।

आयोगले उमेदवार, उनीहरूका ‘फ्यान’हरूका फेसबुक, ट्विटर, टिकटकलगायत पेजहरूमा ‘स्पोन्सर’ पोस्ट हुन सक्ने भन्दै त्यस्ता पेजमा भएका आचारसंहिताविपरीतका चित्र/पोस्टहरू हटाउन र नयाँ पोस्ट नगराउनका लागि निर्देशन दिएको हो ।

“उमेदवार र उनीहरूका फ्यानहरूका फेसबुक, ट्विटर, टिकटकलगायत पेजहरूमा स्पोन्सर पोस्ट हुन सक्ने भएकोले सबै उमेदवार तथा फ्यानहरूलाई मौन अवधि सुरु हुनुअगाडि सामाजिक सञ्जालका त्यस्ता पेजमा भएका निर्वाचन आचारसंहिताविपरीतका चित्रहरू-पोस्टहरू हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन र सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ,” आयोगको सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार