• शनिबार, साउन १६ २०८३

पहिलाे कार्यकालमा विकास र समृद्धिको जग बसाल्यौं, अब त्यसलाई पूरा गर्नुछ: पन्त


मंगलबार, बैशाख २७ २०७९
1K
Shares

गोरखा । राजनराज पन्त नेपाली काँग्रेसका तर्फबाट गोरखा नगरपालिकाको मेयर पदमा उम्मेदवार छन् । २०७४ सालमा समेत मेयर पदमा विजयी बनेर एक कार्यकाल गोरखा नगरपालिकाको बागडोर उनले सम्हालिसकेका छन् ।

त्यसबेला पन्तले नेकपा माओवादीका उम्मेदवार कृष्ण रानालाई १ हजार ५ सय ३४ मतान्तरले हराउदै मेयरमा चुनिएका थिए । काँग्रेसका पन्तले ६ हजार ५ सय ६० मत ल्याउदा माओवादीका रानाको ५ हजार २६ मत आएको थियो ।

गोरखा नगरपालिकामा मेयर मात्रै काँग्रेसले जितेन, उपमेयरमा समेत काँग्रेसकै विना कुमारी श्रेष्ठ विजयी बनिन् भने नगरका १४ मध्ये ८ वटा वडा काँग्रेसले जितेको थियो ।

विधार्थी राजनीतिबाट पार्टीको मुलधार राजनीतिमा उदाएका पन्त आफ्नो पहिलो कार्यकालमा सञ्चालन भएका योजनाले विकास र समृद्धिको आधार तय गरेको बताउछन् ।

स्वास्थ्य सेवा पहुँचका क्षेत्रमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै प्रथम र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे स्वमुल्याकंन प्रणालीमा देशभरका ७५३ पालिका मध्ये उत्कृष्ठ नवाै पालिका बनाउन सफल भएका मेयर पन्तले अहिले मतदाताकहाँ पुगेर भोट माग्दा आफुले गरेका कामको लामै फेरिस्त पेस गर्ने गरेका छन् ।

‘मेरो कार्यकालमा नगरले विकास र समृद्धिको रेखा तय गरेको छ, अब यसलाई पूरा गर्नु र नगरवासीको सपना साकार बनाउनु मेरो दायित्व र जिम्मेवारी हो’ सिभिलखबरसंगको कुराकानीमा पन्तले भने ‘म प्रचारमा भन्दा काममा रमाउने मान्छे हुँ, मैले ५ बर्षमा धेरै काम गरेको छु, त्यसको प्रचार चाही मैले गर्न नसकेकै हो ।’

गोरखा नगरलाई देशकै नमुना पर्यटकिय सम्पदा शहरका रुपमा विकास गर्ने योजना अघि सारेर दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्प्रर्धामा उत्रिएका पन्तले यसअघि ४४ बुदे प्रतिवद्धता पत्र समेत सार्वजानिक गरिसकेका छन् ।

जसमा शिक्षा, स्वास्थ्य, खानेपानी, पूवार्धार, कृषि, पर्यटन, जिविकोपार्जन, स्वरोजगार, प्रविधी लगायतको विकासलाई समेटिएको छ । साथै उनले पहिलो कार्यकालमा पूरा हुन नसकेका योजना र प्रतिवद्धतालाई पूरा गर्ने र दिगो विकासका सुचकहरु हासिल गर्ने गरी आफुले आगामी कार्यकालका लागि योजना अघि बढाएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार