• शनिबार, साउन १६ २०८३

चुनाव प्रचारप्रसारको आज अन्तिम दिन


मंगलबार, बैशाख २७ २०७९
625
Shares

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मत माग्ने आज अन्तिम दिन हो । आज मध्य रातीबाट मौन अवधि शुरू हुँदैछ ।

मौन अवधि शुरू हुनु एक दिनअघि सोमबार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमाथि झुटको खेती गरेको आरोपको लगाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार मुल समितिका संयोजक डा. प्रकाशशरण महतले एमाले झुटको खेती गर्न सिपालु रहेको भन्दै यो निर्वाचनमा पनि आम मतदातालाई भ्रमपूर्ण तथ्य प्रस्तुत गरी मतदातालाई झुक्याउन खोजेको आरोप लगाउनुभयो ।

प्रतिपक्ष दल एमालेले बिगारेको सबै काम कांग्रेसले सपारेको भन्दै प्रवक्ता डा.महतले यसअघि एमाले अध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले परराष्ट्र सम्बन्ध पनि बिगारेको आरोप लगाए । ओली सरकारको पालामा छिमेकी मित्र राष्ट्रहरूसँगको सम्बन्ध असन्तुलित बनाइएको आरोप लगाउँदै उनले भने – ‘नेपाली कांग्रेसको सरकार आएपछि सो कमजोरी सच्च्याइएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार