• शनिबार, साउन १६ २०८३

सुन्दर, हरियाली र ब्यवस्थित नगर बनाउने सपना छ: राना


मंगलबार, बैशाख २७ २०७९
1K
Shares

गोरखा । गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना अर्का प्रतिष्प्रर्धि हुन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राना यसअघि २०७४ सालमा समेत मेयर पदमै पराजित बनेका थिए ।

त्यसबेला समेत नेपाली काँग्रेसका राजनराज पन्तसंग पराजित बनेका राना पाँच बर्षपछि पनि उनैसंग चुनावी प्रतिष्प्रर्धा गरिरहेका छन् । २०७४ सालमा १ हजार ५ सय ३४ मतान्तरले दोस्रो बनेका रानाले त्यसबेला ५ हजार २६ मत प्राप्त गरेका थिए ।

नेकपा माओवादी केन्द्रका गोरखा नगर अध्यक्ष समेत रहेका राना अहिले बस्तीबस्ती पुगेर मतदातासंग भोट मागिरहेका छन् ।

सुन्दर, हरियाली र ब्यवस्थित नगर बनाउने योजना आफुसंग मात्रै रहेको भन्दै मत आफ्नो पक्षमा पार्ने दाउमा रहेका उनलाई जनता समाजवादी पार्टीको समेत समर्थन छ । तर वडाहरुलाई वास्ता नगरी मेयर पद जित्नका लागि मात्रै जसपासंग तालमेल गरेको भन्ने आरोप पनि उनिमाथी छ ।

गोरखा नगरकाे मेयर पदमा माओवादीबाट राना र उपमेयरमा जसपाका नारायण खत्रीवीच तालेमेल देखिन्छ । तर अन्य १४ वटा वडामा भने दुवै दलले आ–आफ्ना उम्मेदवार खडा गर्दा दुई पार्टीविचको गठबन्धनलाई चुनाव प्रचार प्रसारमा समेत अफ्ट्यारो पर्दै आएको माओवादी निकट एक नेता बताउछन् ।

अघिल्लो निर्वाचनमा दोस्रो बनेका उनि यो पटक भने पहिलो बन्न निक्कै कसरत गरिरहेका छन् । कृषिलाई ब्यवसायिकिकरण, घरेलु उद्योगको विकास र संरक्षण गर्दै नगरलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उनको योजना छ । त्यस्तै भ्रष्ट्राचारमुक्त–सुशासनयुक्त नगर बनाउने एजेण्डा समेत उनले मतदातालाई सुनाइरहेका छन् ।

नगरका हरेक योजनालाई कमिसनमुक्त बनाउने र जनताको आवस्यकता अनुसार काम गर्ने समेत उनको प्रतिवद्धता छ ।

नगरका हरेक सेवा जनताको सहज पहुँचमा पु¥याउने योजना अघि सारेका रानाले सामुदायिक विद्यालयलाई बार्डिङ सरह बनाउने गरी काम गर्ने सिभिलखबरसंगको कुराकानीमा बताएका छन् । गोरखा नगरपालिका ८ घर भएका रानाले पर्यटन विकासलाई समेत प्राथमितामा राखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार