आम नागरिकले के गर्ने ?
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्न सकिन्छ ।
साबुन पानीले पटक–पटक हात धुने ।
अंकमाल नगर्ने ।
एक मिटर जति टाढा बस्ने ।
ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्ने ।
झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने ।
जंगली जनावरलाई नछुने । बिरामी घरपालुवा जनावरको पनि सम्पर्कमा नजाने ।
भिडभाडमा नजाने ।
सर्जिकल मास्कको प्रयोग गर्ने । कपडाको मास्कले प्रदुषण मात्रै रोक्छ ।
कोरोनाको बिरामी भेट्न जान लागेको हो भने एन–९५ मास्क नै लगाउनुपर्छ ।
खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने चेक गर्न जाने ।
