गोरखा । नेकपा एमालेले पालुङ्टार नगरपालिकामा कुनै पनि पार्टीसित चुनावी तालमेल नभएको जनाएको छ ।
जसपासित तालमेल रहेको अनौपचारिक चर्चा चलिरहेका बेला एमालेको नगर कमिटीले सोबार विज्ञप्ति जारी गर्दै आफुहरुको चुनावी तालमेल कुनै पार्टीसित नरहेको प्रस्ट पारेको हो ।
जसपाका केही नेता कार्यकर्ताले पालुङ्टारमा एमाले र जसपाबीच चुनावी तालमेल भएको भन्दै सामाजिक सन्जालमा लेखेका थिए ।
‘यस पालुङटारमा रहेका जसपाका केही नेता कार्यकर्ताले नेकपा एमालेसित आफूहरुको गठबन्धन भइसकेको छ भन्ने कुप्रचार गरिरहेकोप्रति नेकपा एमाले पालुङटार नगर कमिटी खेद प्रकट गर्दछ’, नगर कमिटी अध्यक्ष वसन्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भ्रामक हल्लाको पछि नलाग्न सम्पूर्ण पालुङ्टार नगरबासीहरुमा हार्दिक अनुरोध गरिन्छ ।
मेयर, उपमेयर र १० वटै वडामा अध्यक्ष, सदस्यहरुले उम्मेद्वारी दिएकाले यस्ता निराधार हल्ला नचलाउन जसपाका नेता कार्यकर्तामा सचेत गराउँदछौँ ।’
हेर्नुस विज्ञप्ती
