गोरखा । गोरखाको आरुघाट गाउँपालिका स्थित मान्बुमा कांग्रेस र एमालेका कार्यकर्तावीच झडप भएकाे छ । सोमबार राती चुनाव प्रचारप्रसारबाट फर्किदै गरेकाे दुवै दलका कार्यकर्तावीच मुठभेड हुदा मान्वुमा झडप भएकाे बताइएकाे छ ।
झडपमा परेर स्थानीय बिक्रम लामा, फुलबहादुर लामा घाईते भएका छन् । टाउको र आँखामा चोट लागेको उनीहरुको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र अवस्था समानय रहेको प्रहरीले जनाएको छ ।
राती १० बजे मदिरा सेवन गरेका दुबै पक्षका कार्यकर्ता बिच बिवाद हुदा झडपकाे स्थिती बनेकाे स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
नेकपा एमालेले सोमवार मान्बुमा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा केन्द्रिय सदस्य रामशरण बस्नेत सहितको टोली सहभागी थिए । सोही कार्यक्रममा सहभागी भएर फर्किएका एमाले कार्यकर्ता र कांग्रेस कार्यकर्ता बिच बिवादबाट घटना सुरु भएको प्रहरीले जनाएको छ ।
सोमवार दिउँसो कार्यक्रममा सहभागी हुन जाने क्रममा पनि दुई पार्टीका कार्याकर्ता बिच बाटो छेकाछेक भएको थियो ।
घाईतेको उपचार भईरहेको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताए ।