• सोमबार, भाद्र २९ २०८३

पर्यटक बोक्ने गाडीलाई ३० गतेका लागि बोर्डले पास दिने


सोमबार, बैशाख २६ २०७९
750
Shares

पर्यटन बोर्डले वैशाख ३० गते पर्यटक गाडीको लागि पास दिने भएको छ। 

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गर्ने पासको लागि बोर्डको सिफारिस आवश्यक भएकाले गाडी दर्ता गराउन आग्रह गरेको हो। 

हरियो नम्बर प्लेटका गाडीलाई मात्रै पर्यटक बोक्न पाउने जनाएको छ। 

३० गते विमानस्थल चल्ने भएकाले होटल–विमानस्थलको लागि गाडी पास लिनुपर्ने उल्लेख गरेको छ।

सोमबार साँझ ५ बजेसम्म पास आवश्यक पर्नेले निवेदन दिनुपर्ने बोर्डले जनाएको छ। बोर्डले निर्वाचनको दिन पर्यटक प्रहरी, नेपाल पर्यटन सवारी संघसँगको सहकार्यमा विभिन्न रुटमा बस चलाउने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार