• शनिबार, साउन १६ २०८३

घरदैलोमा ‘सगुन’ खाँदा उम्मेदवारसहित ३ जना बिरामी


आइतबार, बैशाख २५ २०७९
660
Shares

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का उम्मेदवारसहित ३ जना गाउँलेले दिएको ‘सगुन’ खाँदा बिरामी परेका छन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष इस्तिहारसहित ३ जना बिरामी भएका हुन् । 

भोट माग्दै जाँदा हरिवनका गाउँका स्थानीयहरुले उम्मेदवारसहितका निर्वाचन प्रचारप्रसारमा रहेका टोलीलाई ‘सगुन’ भन्दै खानेकुरा खान दिएका थिए । सोही खाएपछि शेषसहित उमा साह र पूर्णिमा कार्की पनि बिरामी बनेकी छन् । 

बिरामी भएकामध्ये उम्मेदवार शेषलगायतलाई स्थानीय अस्पतालमा उपचार गराउँदा पोइजनिङ देखिएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । बिरामी भएकामध्ये शेषलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ भने बाँकी दुई जनाको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार