• सोमबार, भाद्र २९ २०८३

गोरखामा निर्वाचनका दिन सवारी साधन चलाउन नपाइने


आइतबार, बैशाख २५ २०७९
825
Shares

गोरखा। स्थानीय तहको निर्वाचनका दिन वैशाख ३० गते गोरखामा सवारी साधन चलाउन नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार एक सुचना जारी गर्दै वैशाख ३० गते स्थानीयत तहको निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाइने निर्णय गरेको हो ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न वैशाख ३० गते बेुलका ६ बजे सम्म सवारी साधन संचालना गर्न पुर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । सो अवधिमा एम्बुलेन्स, खानेपानीको ट्रयाक्टर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका साधन भने संचालन गर्न पाउने सूचनामा उल्लेख गरिएको छ ।

सोहि दिन बेलुका ६ बजेबाट भने अन्य सवारी साधन संचालन गर्न पाइने प्रशासनले जनाएको छ । ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९’ बमोजिम अध्यावश्यक बाहेकका सवारी साधन पुर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शकरहरि आचार्यद्धारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार