• सोमबार, भाद्र २९ २०८३

केशव स्थापित र बालेन शाह जम्काभेट, दिए एकअर्कालाई शुभकामना


आइतबार, बैशाख २५ २०७९
750
Shares

काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाह जम्काभेट हुँदा हार्दिकता देखाएका छन्।

चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौंको शान्तिनगर क्षेत्रमा स्थापित र बालेनको समूह जम्काभेट भएको थियो।

स्थापित र बालेनले अंकमाल गर्दै एकअर्कालाई शुभकामना पनि दिएका थिए। बालेनको टिममा रहेका विवेक बास्तोलाका अनुसार स्थापित र बालेनबीच भेट हुँदा शुभकामना आदानप्रदान भएको थियो।

‘शान्तिनगरमा जम्काभेट हुँदा उहाँहरूले शुभकामना दिनुभयो,’ उनले भने। चुनावी प्रचारप्रसारका क्रममा भएका कार्यक्रममा स्थापित बालेनप्रति आक्रामक देखिने गरेका थिए।

केही दिनअघि स्थापितले बालेनलाई आफ्नो परिचय लुकाएर भोट माग्ने गरेको आरोप लगाएका थिए। स्थापितका अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो।

बालेनले भने स्थापितका अभिव्यक्तिमा जवाफ दिँदै स्थापित आफ्नो ‘ब्रान्ड एम्बेस्डर’ भएको प्रतिक्रिया दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार