गोरखा । भिमसेन थापा गाउँपालिका ५ लाई जिल्लाकै नमुना वडा बनाउने सिताराम भट्टले बताएका छन् । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा उम्मेदवार बनेका भट्टले बिभिन्न क्षेत्रलाई समेटेर आफ्नाे प्रतिवद्धता पत्र सार्वजानिक गर्दै जिल्लाकै नमुना वडाका रुपमा भिमसेन थापा ५ लाई विकास गर्ने दावी गरेका हुन् ।
२७ बर्ष शिक्षण पेशा गरेका उनले आफुले चुनाव जिते वडालाई स्मार्ट वडाका रुपमा विकास गर्ने समेत बताएका छन् ।
प्रतिवद्धता पत्रमा वडाका सेवालाई प्रविधीमैत्री बनाउनेदेखि विपन्न वर्गलाई निशुल्क शिक्षा साथै किसानलाई समयमै मल उपलब्ध गराउने सम्मका याेजना समेटिएका छन् ।
त्यस्तै भट्टले वडाभरका विधालयलाई स्मार्ट बनाउने, एक घर एक धारा कार्यक्रमलाई पूरा गर्ने, पशुविमा कार्यक्रम सञ्चालन गर्ने, वडाभरका हरेक टाेलमा सडक पुर्याउने, कच्चि सडकलाई स्तराेन्नती गरी १२ महिनै सञ्चालन हुन सक्ने बनाउने, मुल संरक्षण, सिचाइकाे उचित ब्यवस्थापन, कृषकलाई आवस्यकता अनुसार तालिम तथा अनुदान लगायतकाे ब्यवस्था गर्ने बिषय प्रतिवद्धता पत्रमा समेटिएका छन् ।
यसैगरी वडाभर रहेका धार्मिक एंव पुरात्विक संरचनाहरुकाे संरक्षण गर्ने, अपाङ्गता भएका नागरिक, महिला, बालबालिका तथा जेष्टनागरिककाे हितमा बिभिन्न कार्यक्रम ल्याउने समेत उनले याेजना बनाएका छन् ।