• शनिबार, साउन १६ २०८३

गोरखा नगरपालिकामा समाजवादीले कांग्रेसका उम्मेदवारलाई सघाउने (सहमतीपत्र सहित)


शनिबार, बैशाख २४ २०७९
1.1K
Shares

गोरखा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादीले गोरखा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने भएकाे छ ।

गोरखा नगरपालिकाकाे नगरप्रमुख र उपप्रमुख पदमा समाजवादीले काँग्रेसबाट उम्मेदवार बनेका राजनराज पन्त र मसलीमाया थाेकरलाई सघाउने भएकाे हाे ।

समाजवादीले आफ्नाे दुवै पदको उम्मेदवारी स्थगन गरेर नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेकाे हाे ।

दुवै दलले नगरको तालमेललाई १४ वटै वडा तहमा समेत प्रभावकारी रुपमा कार्यन्वयन गर्न गराउन लगाउने सहमती गरेका छन् । एकिकृत समाजवादीबाट नगरप्रमुख सानुमाया बस्नेत, उपप्रमुख यादब बस्नेतको उम्मेदवारी स्थगन भएको सहमती पत्रमा उल्लेख छ ।

हेर्नुस सहमतीपत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार