• सोमबार, भाद्र २९ २०८३

नक्कली शिक्षकविरुद्ध अदालतमा मुद्दा


शुक्रबार, बैशाख २३ २०७९
725
Shares

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी शिक्षकमा जागिर खाने एक व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

पाँचथर तुम्वेबा गाउँपालिकामा रहेको धुवाखोला आधारभूत विद्यालयमा प्रावि शिक्षकमा जागिर खाएका विरजुकुमार गच्छदारका विरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गच्छदारका बारेमा अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विद्यालयमा नियुक्ति पाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।  अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार