• शनिबार, साउन १६ २०८३

मतदानका दिन कुन-कुन सवारीसाधन चल्ने ?


शुक्रबार, बैशाख २३ २०७९
495
Shares

Stranded passenger vehicles are parked due to bundh called by various small parties, at old Buspark, Ratnapark, Kathmandu on Monday.Photo: THT/ File

३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन ।

सो दिन अत्यावश्यक सेवाका सवारीसाधन चलाउनेबारे निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ ।

आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन पाउँछन् ।

सवारी साधना प्रयोग गर्ने अनुमति पत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् । तर, काठमाडौँको हकमा निर्वाचन आयोगमा एकीकृत डेस्क खडा गरिने भएको छ ।

सवारीसाधनको अनुमतिका लागि २८ वैशाखसम्ममा निवेदन दिइसक्नुपर्नेछ । तर, विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोगको अनुमति पाउने छैनन् । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा सवारी अनुमति पत्र लिनुपर्ने छैन ।

मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारी साधनका हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिइ सवारीसाधन प्रयोग गर्न सकिनेछ भने अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरण हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार