• शनिबार, साउन १६ २०८३

उम्मेदवारलाई बैंकमार्फत मात्रै खर्च गर्न आयोगको निर्देशन


बुधबार, बैशाख २१ २०७९
580
Shares

निर्वाचन आयोगले उम्मेदवारहरूलाई बैंकमार्फत् मात्रै खर्च गर्न निर्देशन दिएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय चुनावका उम्मेदवारहरूलाई आयोगले यस्तो निर्देशन दिएको हो ।

घरदैलो तथा प्रचारप्रसारमा लागिपरेका उम्मेदवारहरूले खर्च सीमा मिचेको जानकारीमा आएसँगै आयोगले खर्च सीमाको हदम्यादबारे ध्यानाकर्षण गराउँदै यस्तो निर्देशन दिएको हो ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिताको परिधीभित्र रहेर बैंकमार्फत मात्र खर्च गर्न अनुरोध गरेको हो ।

यसबारे नियमन गर्न आयोगले सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार