
पोखरा महानगर वडा नं २६ ले घरदैलो कार्यक्रम तिब्र बनाएको छ । वडाध्यक्षका प्रत्यासी नरेन्द्र थापा सहितका सदस्यका प्रत्यासीहरु वडाबासीको घर घरमा पुगेर समस्या र सुझाव ग्रहण गर्ने काम अगाडी बढाएका छन ।

वडामा भएका समस्याहरु मध्ये बेरोजगारीको समस्या सबैभन्दा बढि रहेकोले सो बिषयमा वडामै स्वरोजगारका कार्यक्रम गरिने थापाले बताए । स्वास्थ्य, शिक्षा लगायतलाइ वडा स्तरबाट सम्बोधन गर्न वडाले पहल गर्ने पनि थापाले बताएका छन ।
युवा ,बृद्ध बृद्धा र सम्पुर्ण वडाबासीको दुख सुखमा सॅगै रहने प्रतिबद्धता जनाउॅदै प्रत्यासी थापाले सबैको साथ सहयोग र मतको अपेक्षा गरेका छन ।
“हामी जित्छौ र वडालाइ नमुना वडाको रुपमा स्थापित गराउॅछौ” प्रत्यासी थापाले बताए । घरदैलो कार्यक्रममा सयौको संख्यामा रहेका वडाबासीले साथ दिएका छन । युवा देखि गृहिणी र सबै तह र तप्काका वडाबासी घरदैलो कार्यक्रममा सहभागी भएका छन ।


