• शनिबार, साउन १६ २०८३

एन्फा गोरखाको अध्यक्षमा बिशाल गुरुङ


बुधबार, बैशाख २१ २०७९
945
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

गोरखा । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको अध्यक्षमा बिशाल गुरुङ निर्वाचित भएका छन् ।

मंगलवार भएको अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् । गुरूङ ६ मतसहित निर्वाचित भएका हुन्।

पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई गुरूङले अध्यक्षमा हराएका हुन्। दीपेन्द्रले जम्मा ४ मत मात्रै ल्याएका थिए। ११ क्लव सदस्य रहेको एन्फामा एउटा मतपत्र खाली भएपछि बदर भएको थियो । सदस्यमा १४ जना बिच प्रतिस्पर्धा भएको निर्वाचन अधिकृत स्थानेश्वर दवाडीले बताए ।

उपाध्यक्षमा कमल पोखरेल, विकास तामाङ र सन्दिप पन्थी चयन भए भने सदस्यहरूमा अमित खत्री, छितिज गुरूङ, सुजन तामाङ, सबिन केसी, रविन थापा, सिमोन श्रेष्ठ, जीवन गुरुङ र अनिल श्रेष्ठ चयन भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार