
यही वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन हुँदै छ । त्यसका लागि तोकिएको ढाँचामा मतदान केन्द्र बनाउनुपर्छ ।
मतदान अधिकृतले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–३३ बमोजिमको हुने किसिमले मतदान केन्द्र निर्माण गर्नुपर्छ । मतदान केन्द्र बनाउँदा स्थानीय व्यक्तिको सहयोग लिन तथा त्यस केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई सो काममा लगाउन सकिनेछ ।

केन्द्र बनाउँदा स्थानीयस्तरमा उपलब्ध हुने डोरी, बाँस, घोचा, पालजस्ता सामग्रीको उपयोग गर्न सकिनेछ । यसरी निर्माण गरिएको मतदान केन्द्रमा मतदान कार्य सञ्चालनका लागि आवश्यक पर्ने टेबुल, बेन्च, कुर्सीलगायत सामग्रीको व्यवस्था मिलाउनुपर्छ ।
यस्तो हुनुपर्छ मतदान केन्द्र–
