गोरखा । जनता समाजवादी पार्टीले गाेरखा नगरपालिकाकाे मेयर पदमा काँग्रेसबाट उम्मेदवार बनेका राजनराज पन्तलाई सहयाेग गर्ने निर्णय गरेकाे छ ।
जसपाकाे केन्द्रिय समितीले गोरखा नगरपालिकामा काँग्रेसका उम्मेदवार पन्त र पालुङटार नगरपालिकाकाे उपमेयरमा कांग्रेसकै चेतकुमारी श्रेष्ठलाई सहयाेग गर्ने निर्णय गरेकाे हाे।
आज साेमबार जिल्ला पार्टीलाई पत्राचार गर्दै केन्द्रिय समितीले गाेरखा नगरपालिकाकाे मेयर र पालुङटारकाे उपमेयरमा कांग्रेसका उम्मेदवारलाई सहयाेग गरी निर्वाचित गराउन निर्देशन दिएकाे हाे ।
जसपाका बरिष्ठ नेता समेत रहेका पार्टीका स्थानीय निर्वाचन परिचालन मुल समितीका संयाेजक अशाेक राईद्धारा हस्ताक्षरित पत्रमा भनिएकाे छ ‘नेपाली काँग्रेस पार्टीले पालुङटार नगरपालिकाकाे प्रमुख पदमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सहयाेग र समर्थन तथा पालुङटार नगरपालिलकाकाे उपप्रमुख र गाेरखा नगरपालिकाकाे प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवारलाई जनता समाजवादी पार्टीले सहयाेग र समर्थन गर्ने सहमती र निर्णय भएकाे छ ।’
त्यस्तै पत्र मार्फत नै जसपा गोरखालाई दुवै नगरपालिकामा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सकृय रहन समेत निर्देशन दिएकाे छ ।
हेर्नुस जसपा गोरखालाई केन्द्रले पठाएकाे पत्र
