• शनिबार, साउन १६ २०८३

स्थानीय निर्वाचन : कांग्रेसबाट ३० हजार छ सय बढी उम्मेदवार, कुन पदमा कति ?


आइतबार, बैशाख १८ २०७९
1.2K
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा गरी ३० हजार छ सय २८ जना उम्मेदवार उठाएको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दुई सय ६५ जना उम्मेदवार मेयर पदका लागि उठेको बताए।

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

यस्तै तीन सय ७२ ठाउँमा गाउँपालिका अध्यक्षका लागि पार्टीबाट उम्मेदवार रहेको महतले जानकारी दिए। एक सय ९४ जना उम्मेदवार उपमेयरमा उठेको र तीन सय ४० जना उपाध्यक्ष उठेको महतले जानकारी दिए।

छ हजार ४३ जना भने वडाध्यक्षका लागि उम्मेदवार छन्। वडा सदस्यमा पाँच हजार नौ सय ३८ जना उम्मेदवार रहेको महतले बताए।

दलित महिला सदस्यमा पाँच हजार छ सय ९१ जना उम्मेदवार छन्। दुई सदस्यका लागि ११ हजार सात सय ८८ जना उम्मेदवार रहेको उनले बताए। ‘गठबन्धन र कतिपय ठाउँमा मित्रवत प्रतिपर्धा गर्दा ३० हजार छ सय २८ जना उम्मेदवार छन्,’ उनले भने।

उनले सहमतिअनुसार कतिपय ठाउँमा उम्मेदवारी फिर्ता लिन बाँकी रहेकोले वक्तव्यमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गरिने पनि बताए।

उनले पाँचदलीय गठबन्धनबाट तालमेल हुन्न भन्ने धेरैलाई लागे पनि गठबन्धन सफल हुने दिशातर्फ गइरहेको दाबी गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार