काठमाण्डाै । नेपाल मुस्लिम संघ काठमाणडाै महानगर कमिटीद्धारा सहयाेग सामाग्री वितरण गरेकाे छ । रमजान महिनाकाे अवसरमा कमिटीले आर्थिक अवस्था कमजाेर भएका नागरिककाे सहायताका लागि बिभिन्न सामाग्री वितरण गरेकाे हाे ।
संघका महानगर अध्यक्ष जाेहेव शाहकाे अध्यक्षतामा भएकाे सहयाेग सामाग्री वितरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तारकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
संघले २० जना पुरुषलाई कुर्ताकाे कपडा, १६ जनालाई खाद्धान्न सामाग्री तथा कस्मिरी जामे मस्जिद र नेपाली जामे मस्जिदका लागि २०-२० प्याकेट मास्क वितरण गरेकाे संघका महानगरकमिटीकी जस्मिन वानुले जानकारी दिइन् । रमजानकाे राेजा र नजिकिदै गरेकाे इद पर्वमा विपन्न वर्गले समेत अरु सरह चाड मनाउन सहयाेग पुगाेस भन्ने उदेश्यले सहयाेग सामाग्री वितरण गरिएकाे वानुले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले इदका दिन दिदै आएकाे सार्वजानिक विदा यसअघिकाे केपी शर्मा ओली सरकारले कटाैती गरेपनि वर्तमान काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वकाे सरकारले पुन: स्थापित गरेकाेमा धन्यवाद ब्यक्त गरे । कम्युनिष्ट सरकारले मुस्लिमका हक अधिकारलाई उपेक्षा गर्दै आएकाेमा उनले आपत्ती समेत जनाएका छन् ।
कार्यक्रममा मुस्लिम संघका काठमाण्डाै जिल्ला कमिटी, महानगर कमिटी लगायतका पदाधिकारी, सदस्य तथा मुस्लिम अगुवाहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।