• मंगलबार, भाद्र ३० २०८३

चुनावको भिडिओ अपलोड गरी २० देखि ५० लाख भ्युज बनाए आयोगले नगद पुरस्कार दिने


आइतबार, बैशाख १८ २०७९
625
Shares

निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने भएको छ।

वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडिओ आफ्नो पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गर्न सकिने आयोगले बताएको छ।

त्यस्ता भिडिओहरू आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन्।

आयोगका भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार दिइने आयोगले बताएको छ।

आज सूचना जारी गर्दै आयोगले ५० लाख भ्युज बनाउनेलाई ५० हजार नगद दिने बताएको छ। यस्तै तीस लाख भ्युज बनाउनेलाई ३० हजार र २० लाख भ्युज बनाउनेलाई २० हजार पुरस्कार दिने आयोगको भनाइ छ।

यस्तो छ सूचना:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार