• मंगलबार, भाद्र ३० २०८३

निर्वाचन प्रचार प्रसारमा उम्मेदवारले अधिकतम् कति खर्च गर्न पाउँछन्?


आइतबार, बैशाख १८ २०७९
925
Shares

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले बढीमा सात लाख ५० हजार रूपैयाँसम्म खर्च सीमा निर्धारण गरेको छ। 

आयोगले महानगरका मेयर र उपमेयरले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकिएको हो ।

यस्तै उपमहानगरका मेयर र उपमेयरले बढीमा ५ लाख ५० हजार रूपैयाँसम्म मात्रै खर्च गर्न पाउने भएका छन्। 

नगरपालिकाका मेयर र उपमेयरले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार रूपैयाँ निर्वाचन प्रचारप्रसारमा खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ।

यता महानगरका वडाध्यक्ष र सदस्यले ३ लाख रूपैयाँ, उपमहानगरका वडाध्यक्ष र सदस्यले २ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउनेछन्। 

नगरपालिकाका वडाध्यक्ष र सदस्यले २ लाख र गाउँपालिकाका वडाध्यक्ष र सदस्यले १ लाख ५० हजार खर्च गर्न पाउने गरी आचारसंहिता जारी भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार