• शनिबार, साउन १६ २०८३

मतदान केन्द्र भएका विद्यालय तीन दिन पठनपाठन बन्द गरिने


आइतबार, बैशाख १८ २०७९
695
Shares

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा तीन दिन भौतिक रुपमा पठनपाठन बन्द गर्न सरकारलाई अनुरोध गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मतदान स्थल तथा मतदान केन्द्र रहेको विद्यालयहरु २८ वैशाखदेखि ३० वैशाखसम्म उपयोग गर्नुपर्ने भन्दै आयोगले भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा सार्वजनिक बिदा दिन पनि सरकार समक्ष अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार