• शनिबार, साउन १६ २०८३

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने कांग्रेसकाे चेतावनी


शुक्रबार, बैशाख १६ २०७९
570
Shares

काठमाडाैँ । नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएकाे छ । उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसहित उम्मेदवारलाई स्वत: पार्टीबाट निष्कासन गर्ने कांग्रेसकाे चेतावनी छ ।

शुक्रबार बिहान पार्टीका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ ।’

निर्वाचन आयाेगकाे कार्यतालिकाअनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने छ । कांग्रेसले यही मिति र समयभित्र बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएकाे हाे ।

‘२०७९ बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय ९आज वैशाख १६ गते शुक्रबार विहान १० (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश) बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार