• मंगलबार, भाद्र ३० २०८३

स्थानीय चुनावलाई जिल्ला पठाउन थालियो मतपत्र


बुधबार, बैशाख १४ २०७९
685
Shares

निर्वाचन आयोगले स्थानीय चुनावका लागि आवश्यक पर्ने मतपत्र ढुवानी सुरू गरेको छ।आयोगले मंगलबारदेखि मतपत्र जिल्ला पठाउन थालेको हो।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिएको छ। त्यहाँबाट कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको छ।

आज काठमाडौँबाट पूर्व र पश्चिमका गरी नौ जिल्लामा मतपत्र पठाइनेछ। आयोगले अहिलेसम्म एक करोड ५४ लाख ८३ हजार (८० प्रतिशत) मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको छ।

निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ। निर्वाचन सामग्री पुग्न बाँकी डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा नेपाली सेनाको हेलिकोप्टरबाट सामग्री पठाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार