• शनिबार, साउन १६ २०८३

पालुङटार विकासको खाका तयार भयो, अब यसलाई पूरा गर्नु मेरो दायित्व होः कडेल


मंगलबार, बैशाख १३ २०७९
1.4K
Shares

गोरखा । पालुङटार नगरपालिकाको मेयरका लागि ई दिपकबाबु कडेंलले पुनः उम्मेदवारी दिएका छन् ।

यसअघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन मार्फत पालुङटारको पहिलो मेयरका रुपमा निर्वाचित भएर पाँच बर्षे कार्यकाल सम्हालेका कडेंलले दोस्रो कार्यकालका लागि हिजो ठाटीपोखरी स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ मा पालुङटारमा पहिलो मेयर चुनिदा उनलाई धेरैले ‘स्मार्ट नगरका स्मार्ट मेयर’ समेत भन्ने गरेका थिए । स्मार्ट मेयरका रुपमा चर्चा पाएका कडेंलले एक बर्षअघि देखि नै आगामी कार्यकालमा मेयर पदमा उम्मेदवार नबन्ने बताउदै आएका थिए ।

तर पुन: उनले नेपाली काँग्रेसका तर्फबाट सोही पदमा मनोनयन गराएका छन् । ‘मैले मेयर नबन्ने भनेकै हो, तर जनताको भावना र मागलाई पनि त बुझ्न प¥यो नि’ मेयरका उम्मेदवार कडेंलले भने ‘मैले पालुङटारवासीको चाहानाको कदर गरेको हुँ ।’

पाँच बर्षमा पालुङटारमा विकास र समृद्धीको ढोका खुलेको बताउदै उनले स्रोत साधानको कमीका बावजुद पनि नगरमा धेरै काम भएको दावी गरेका छन् ।

‘पाँच बर्षमा विकासको खाका कोरेका छौ, अब यसलाई पूरा गर्नु मेरो दायित्व र जिम्मेवारी पनि त हो’ कडेंलले सिभिलखबरसंगको कुराकानीमा भने ‘पहिलो कार्यकालमा सोचेअनुसार स्रोत साधन र जनशक्ति नहुँदा सबै योजना पूरा भएनन्, हो मेरो योजना र प्राथमिकतामा रहेका कामलाई आगामी कार्यकालले पूरा गर्नेछ ।’

पहिलो कार्यकालमा काम गर्न प्रशासनीक कार्यालय समेतको अभाव ब्यहोरेको सम्झदै कडेंलले पालुङटारवासीले आफुप्रति गरेको विश्वास र भरोसालाई पूरा गरेरै छाड्ने समेत प्रतिवद्धता ब्यक्त गरेका छन् ।

भन्छन् ‘म इन्जिनियर मान्छे, पैसा कमाउनु थियो भने मेरो पेशा मलाई काफी छ, तर म जनताको सेवक हुँ, यो अभियानलाई निरन्तरता दिनपनि मैले फेरी मेयरमा उम्मेदवारी दिएको हुँ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार