पोखरा । पोखरा महामनगरपालिका वडा नं १३ मा कांग्रेसका तर्फबाट किरण बरालले उमेदवारी दिएका छन । वडाध्यक्षका लागी उमेदवारी दिएका बरालले वडामा कांग्रेस प्यानलकै जित निश्चित भएको बताएका छन ।
वडालाई महानगरपालिकाको पहुँचमा पुर्याउने र पोखराका मुख्य चोकहरु जस्तै बिकास गर्ने आफ्नो योजना रहेको बराल बताउँछन । महानगरपालिकाका वडा मध्ये उत्कृष्ठ वडा बनाउने आफ्नो योजना रहेको बरालले बताए ।
बिद्यार्थी राजनितीबाट कांग्रेसमा प्रवेश गरेका युवा नेता बराल अस्टेलियामा उच्च शिक्षा हासिल गरेर नेपाल फर्केका हुन । बिदेशको बिकास देखेर नेपालमा पनि बिदेशको जस्तो प्रबिधि मैत्री जनता र सरकार बनाउनुपर्ने उनी बताउँछन ।
सुशासनको जग हाल्न युवाको नेतृत्व आवश्यक रहेको बराल बताउँछन । युवाले नै अबको बिकास गर्ने भन्दै घरदैलो अभियानमा निस्कीएका बराल सामाजिक संघ संस्थामा पनि आबद्ध छन । पोखरा १३ मा अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरले हारेको कांग्रेसको साख आफुले जोगाउने मात्र नभई जनताको सेवामा सेवकका रुपमा आफु सर्मपित हुने चाहना रहेको उनी बताउँछन ।
वडाका मुख्य समस्याहरु मध्ये बाटो, पानी, पुल रहेको र उक्त समस्याहरु जनताको दैनिकीसँग जोडिएको हुँदा आफ्नो कार्यकालमा सबै समस्या समाधान गर्ने बरालले प्रतिबद्धता जाहेर गरेका छन । बृद्धबृद्धाको सुझाव र युवाको योजना अनुरुप आफ्नो वडालाई ५ बर्षमा उत्कृष्ठ बनाउने अभियान लागेको र सो अभियानमा सबैलाई सरिक हुन बरालले आग्रह पनि गरेको छन ।