• शनिबार, साउन १६ २०८३

उम्मेदवारी दिएका मध्ये गोरखाकाे चुमनुब्रीमा वडाध्यक्षसहित ९ जना निर्विराेध


मंगलबार, बैशाख १३ २०७९
1.2K
Shares

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा वडा अध्यक्ष सहित ९ जना निर्विरोध चयन भएका छन् ।

हिमाल पारीकाे पालिकाका रुपमा चिनिने चुमनुब्रीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुकाे एकल उम्मेदवारी परेपछि ९ जना निर्विाराेध चयन भएका हुन् ।

जसमा नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ मा वडा अध्यक्ष पदमा सरोज लामा चयन भएकाे निर्वाचन अधिकृत नानीबाबु पोखरेलले जनकारी दिए । त्यस्तै साेही वडामा सदस्यहरु सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको हो ।

साे वडामा वडा समिति नै सर्वसम्मत भएको बताइएकाे छ । अध्यक्ष र दुई सदस्य माओवादी केन्द्र र दुईवटा सदस्य कांग्रेसले बाँडेका हुन् ।

वडा नम्बर १ को वडा सदस्यमा सन्डुप लामा, डेजेन डोल्मा लामा र पासाङ लामाको एकल उम्मेदवारी परेको उनले जानकारी दिए ।

त्यस्तै वडा नम्वर २ को दलित महिला सदस्यमा लाक्पा डिकी बिक र वडा नम्बर ५ को महिला सदस्यमा सोनाम साङ्गोको एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत पोखरेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार