• शनिबार, साउन १६ २०८३

पालुङ्टार ४ मा कृष्ण प्रसाद साेडारीले दिए काँग्रेसबाट बागी उम्मेदवारी


सोमबार, बैशाख १२ २०७९
2.8K
Shares

गोरखा । पालुङ्टार नगरपालिका वडा नम्बर ४ काे वडाध्यक्षमा युवा नेता कृष्ण प्रसाद साेडारीले बागी उम्मेदवारी दिएका छन् ।

नेपाली काँग्रेसका स्थानीय नेता समेत रहेका साेडारीले पार्टीकाे नगर कमिटिले आफ्नाे वडामा जनताकाे चाहाना र मर्म विपरित टिकट वितरण गरेकाे भन्दै बागी उम्मेदवारी दिएकाे बताएका छन् । उनले साेमबार ठाँटीपाेखरी स्थित निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर वडाध्यक्षमा मनाेनयन दर्ता गराएका हुन् ।

बिधार्थी जिवनदेखि नै पार्टी र भातृसंगठनहरुकाे बिभिन्न पदमा रहेर संगठन र जनताकाे हितमा काम गरेपनि नगर कमिटीले आफ्नाे याेगदानकाे अवमुल्यन गरेकाे उनकाे आराेप छ । वडाका जनताले आफुलाई जनप्रतिनिधीकाे रुपमा निर्वाचित गर्न चाहेकाे भन्दै आफ्नाे पक्षमा माहाेल बलियाे रहेकाे समेत उनले दावी गरेका छन् ।

काँग्रेसबाट बागी उम्मेदवार बनेका साेडारी भूकम्पपछि लामाे समय नेपाल रेडक्रश साेसाइटीमा समेत रहेर सामाजिक कार्य गर्दै आएका थिए ।

वडाध्यक्षमा आफु बलियाे उम्मेदवार रहेपनि नगर सभापति बिमल ढकालले ब्यक्तिगत स्वार्थकाे पछाडी लागेर कमजाेर ब्यक्तिलाई उम्मेदवार बनाएकाे उनकाे आराेप छ । साे वडामा काँग्रेसले आनन्द कुमार श्रेष्ठलाई वडाध्यक्षमा उठाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार