• शनिबार, साउन १६ २०८३

गोरखामा यी हुन जनता समाजवादी पार्टीका उम्मेदवार


सोमबार, बैशाख १२ २०७९
960
Shares

गोरखा । गोरखाका ११ वटै स्थानीय तहमा जनता समाजवादी पार्टीले मनोनयन दर्ता गराएका छन् । सोमबार जसपाले ११ वटै पालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा पार्टीले गोरखा नगरपालिकामा मेयर सञ्जु भट्ट नेपाली, उपमेयर नारायण खत्रीलाई उम्मेदवार बनाएको छ । त्यस्तै पालुङटार नगरपालिकाको मेयरमा प्रेम बहादुर गुरुङ, उपमेयरमा नारायणी अधिकारी, भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा मिलन न्यौपाने, उपाध्यक्षमा रोहित पाण्डे उम्मेदवार बनेको जसपा गोरखाका अध्यक्ष यान प्रसाद भट्टले जानकारी दिए ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा भने अध्यक्ष पदमा मात्रै उम्मेदवारी दिइएको उनले बताए । जसमा अध्यक्षमा जीवन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी अजिरकोट गाउँपालिकाको अध्यक्षमा मिरा धिताल, उपाध्यक्षमा मन बहादुर तामाङ, आरुघाट गाउँपालिकामा अध्यक्ष राजेन्द्र पराजुली, उपाध्यक्ष तृष्णा बराम रहेको जसपा गोरखाले सिभिलखबरलाई जानकारी दिएको छ ।

त्यस्तै धार्चे गाउँपालिकाको अध्यक्षमा बिस बहादुर गुरुङ, उपाध्यक्ष सविता गुरुङ, चुमनुव्री गाउँपालिकाको अध्यक्षमा गणेश कार्की र उपाध्यक्ष पासाङ छुदेन लामा, शहिद लखन गाउँपालिकाको अध्यक्षमा कल्पना थापा, उपाध्यक्ष मनोज श्रेष्ठले उम्मेदवारी दर्ता गराएको भट्टले बताए ।

त्यस्तै गण्डकी गाउँपालिकाको अध्यक्षमा सानुमाया आले, उपाध्यक्षमा भीम श्रेष्ठ उम्मेदवार बनेका छन् भने सिरचनाचोक गाउँपालिकाको अध्यक्षमा चित्र बहादुर गुरुङ र उपाध्यक्ष शोभा विकले मनोनयन दर्ता गराएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार