????????????????????????????????????


गोरखा । गोरखाका ११ वटै स्थानीय तहमा नेपाली कांग्रेसले मनाेनयन दर्ता गराएकाे छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काँग्रेसले दुई नगरपालिका र ९ गाउँपालिका सहित ९४ वटै वडामा उम्मेदवारकाे मनाेनयन दर्ता गराएकाे हाे ।



जसमा गोरखा नगरपालिकाको मेयरका लागि राजनराज पन्त, उपमेयरमा मसलीमाया थोकर (सपना पुन) ले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै पालुङटार नगरपालिकामा ई दिपकबाबु कंडेल र चेतकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएकाे काँग्रेस जिल्ला सचिव किशाेरजंग थापाले जानकारी दिए ।
यसैगरी अजिरकोट गाउँपालिका अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ, सिरानचोक गाउँपालिकामा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।



गण्डकी गाउँपालिकामा अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारीले उम्मेदवारी दिएका छन् । भिमसेन थापा गाउँपालिका अध्यक्षमा रोसन गुरुङ, उपाध्यक्ष अमृता वस्तीले उम्मेदवारी दिएका छन् ।
आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ उम्मेदवार बनेकाे पार्टीका सचिव थापाले बताए ।


चुमनुब्री गाउँपालिका अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्ष मेन्टोक छोकी लामाले उम्मेदवारी दिएका छन् भने बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटा उम्मेदवार बनेका छन् ।
यस्तै शहीदलखन गाउँपालिका अध्यक्षमा नारायण लामिछानेले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा सर्मिला श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । सबै स्थानीय तहमा साेमबार मनाेनयन दर्ता गराइएकाे बताइएकाे छ ।
