• शनिबार, साउन १६ २०८३

माओवादी केन्द्रले दियो गोरखाका ११ वटै पालिकामा उम्मेदवारी (यि हुन उम्मेदवार )


सोमबार, बैशाख १२ २०७९
870
Shares

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

गोरखा। स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गोरखाले ११ वटै पालिकामा प्रमुख, उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । २ नगरपालिका र ९ गाउपालिकागरी ११ वटा पालिकामा उम्मेदवारी दर्ता गराएका हुन् ।

गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना र उपमेयरमा धना तमु कोईरालाले उम्मेदवारी दर्ता गराएका छन् । पालुङटार नगरपालिका मेयरमा बिवस चिन्तन, उपमेयर बन्दना पाण्डेले उम्मेदवारी दिएका छन् ।

भिमसेन थापा गाउँपालिका अध्यक्षमा लोकप्रसाद बञ्जरा, उपाध्यक्ष जुनु श्रेष्ठ, अजिरकोटमा अध्यक्षमा दिपक देवकोटा, उपाध्यक्ष अनिता भुजेल, धार्चेमा अध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, बारपाक सुलिकोटमा यस अघिकै अध्यक्ष बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमल्सिना, उपाध्यक्ष पार्वती गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

आरुघाट गाउँपालिकाका अध्यक्षमा ऋषि खनाल, पार्वती सापकोटा, सिरानचोक गाउँपालिका अध्यक्षमा नवराज पुडासैनी, पूर्णकुमारी कंडेल, चुमनुब्री गाउँपालिका अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । शहीदलखन गाउँपालिका अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । यी दुबै दोहोरिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार