• शनिबार, साउन १६ २०८३

गोरखाका ११ वटै स्थानीय तहमा एमालेले दियो उम्मेदवारी, यी हुन उम्मेदवार


सोमबार, बैशाख १२ २०७९
1.2K
Shares

गोरखा । गोरखाका ११ वटै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारी दिएकाे छ । २ नगरपालिका र ९ गाउँपालिका रहेकाे गोरखामा एमालेले उम्मेदवारी दर्ताकाे अन्तिम दिन अर्थात बैशाख १२ गते सबै पालिका स्थित निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकाे हाे ।

जसमा गोरखा नगरपालिकामा मेयर सम्झना देवकोटा, उपमेयर दिनेश तमुले उम्मेदवारी दिएका छन् ।

पालुङटार नगरपालिकामा मेयरमा हरी भट्ट र उपमेयरमा पार्वती पाठकले उमेदवारी दर्ता गराएका छन् । सिरानचोक गाउँपालिका प्रमुखमा देवराज श्रेष्ठ र उपप्रमुख ससी देवकोटा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा गिता पोखरेल र उपाध्यक्षमा शेखर न्यौपानेले उमेद्वारी दर्ता गरेको नेकपा एमाले गोरखाका सचिव काजीराम राेकाले जानकारी दिएका छन् ।

त्यस्तै, बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा हरी बस्नेत, उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ, भिमसेनथापा गाउँपालिका अध्यक्षमा सुरेश श्रेष्ठ र उपाध्यक्षमा रुपा भट्ट, आरुघाट गाउँपालिका अध्यक्षमा कृष्ण नेपाली, उपाध्यक्षमा सिता दाहालले उम्मेदवारी दिएका छन् ।

धार्चे गाउँपालिकाको अध्यक्षमा सुक बहादुर घले र उपाध्यक्षमा आशा गुरुङ, शहिदलखन गाउँपालिका अध्यक्षमा मनोज जोशी र उपाध्यक्षमा लुना थापा, गण्डकी गाउँपालिका अध्यक्षमा विष्णु पन्त र उपाध्यक्षमा रेनुका नहर्की र चुमनुब्री गाउँपालिका अध्यक्षमा सुक गुरुङ र उपाध्यक्षमा सानु गुरुङले उम्मेदवारी दर्ता गरेको एमाले गोरखाका सचिव रोकाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार