
गोरखा । नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका छन् ।
मनोनयन दर्ता गर्न फोटो खिचाउन एक फोटोस्टुडियोमा गएका उनलाई कांग्रेसकै केही कार्यकर्ताले उनीमाथि हातपात गरेका हुन् ।
कुटपिटबाट उनको टाउको र हातमा चोटपटक लागेको छ ।
पार्टिकै केही कार्यकर्ताले हेलमेट र सिसाले कुटपिट गरेका हुन्’, उनले भने, उनीहरुविरुद्ध ज्यान मुद्धामा उजुरी गर्छु ।’
उनलाई अहिले पार्टी कार्यालय लाने तयारी गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।