• शनिबार, साउन १६ २०८३

गोरखा नगरपालिकाको उम्मेदवार छनोटमा काङ्ग्रेस कार्यकर्ताको असन्तुस्टि


सोमबार, बैशाख १२ २०७९
830
Shares

गोरखा । गोरखा नगरपालिकाको उम्मेदवार छनोटमा काङ्ग्रेस कार्यकर्ताले असन्तुस्टि देखाउदै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । नगरपालिकाको मेयरको टिकट बाँडफाँडप्रति उनीहरुले असन्तुष्टि देखाउदै तालाबन्दी गरेका हुन् ।

नगरपालिकाको मेयरमा विश्वदेव श्रेष्ठलाई टिकट दिएको भन्दै जिल्ला कार्यसमितिको कार्यालय तथा गोरखा नगर कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेको काँग्रेसका एक नेताले बताएका छन् । चुनौतिपूर्ण समयमा मेयरको टिकट दिँदा प्रतिस्पर्धा गर्न सक्ने राम्रालाई छाडेर हाम्रालाई दिएकाे भन्दै कार्यकर्ताहरुले असन्तुस्टि देखाएका छन् ।

काँग्रेसका एक कार्यकर्ताले भने ‘पार्टीले एक्लाएक्लै चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ, तर यस्तो चुनौतिपूर्ण समयमा सक्षम, सबैको विश्वास जित्न सक्ने, फरक पार्टीको भोटसमेत तान्न योग्य उम्मेद्वार चयन गर्नुपर्नेमा आफन्त र गुट हेरेर टिकट दिइयो, त्यसैले हामी बिरोधमा उत्रन बाध्य भयौँ ।’ निर्णय फिर्ता नलियुञ्जेल बन्द र धर्ना जारी राख्ने उनले बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले गोरखा नगरपालिकाको मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । जिल्ला पार्टी र प्रदेश समितिले युवाहरुको मर्म र भावना विपरीत र पार्टीलाई हित नहुने खालको निर्णय गरे आफूहरु निर्वाचन अभियानमा सक्रिय रुपमा नलाग्ने युवाहरुको भनाइ छ ।

यसअघि मेयर पदका लागि यसअघिका मेयर राजनराज पन्त, जिल्ला कार्य समितिका सचिव किशोरजंग थापा र प्रदेश समितिकी सदस्य शोभा अधिकारी पनि आकांक्षी रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार