• शनिबार, साउन १६ २०८३

गोरखा कांग्रेसले टुङ्गो लगायो पालिका उम्मेदवार


सोमबार, बैशाख १२ २०७९
590
Shares

गोरखा । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस गोरखाले ९ गाउँपालिका अध्यक्ष र ७ उपाध्यक्षसहितका उम्मेदवार टुङ्गो लगाएको छ ।

हिजोराती देखि सुरु भएर आज बिहान सकिएको बैठकले गाउँपालिकाको टुङ्गो लगाएको हो ।गोरखा र पालुङटार नगरपालिकाको भने गण्डकी प्रदेश समिटिले टुङ्गो लगाउने भनेकाले निर्णय आउन बाँकी रहेको कांग्रेस गोरखाले जनाएको छ ।

अजिरकोट गाउँपालिका अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ उम्मेदवार बनेका छन् । यी दुबै नयाँ हुन् । सिरानचोक गाउँपालिकामा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटालाई कांग्रेसले टिकट दिएको छ । अध्यक्ष नयाँ हुन् भने उपाध्यक्ष दोहोरिएकी हुन् ।

गण्डकी गाउँपालिकामा अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारी रहेका छन् । यी दुबै दोहोरिएका हुन् । भिमसेन थापा गाउँपालिका अध्यक्षमा रोसन गुरुङ, उपाध्यक्ष अमृता वस्तीलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । यी दुबै नयाँ हुन् ।

आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपाली रहेका छन् । अध्यक्ष गुरुङ नयाँ हुन् भने उपाध्यक्ष नेपाली दोहोरिएकी हुन् । धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ उम्मेदवार बन्ने भएका छन् । यी दुबै दोहोरिएका हुन् ।

चुमनुब्री गाउँपालिका अध्यक्षमा कांग्रेसबाट धनबहादुर गुरुङ, उपाध्यक्ष चयन हुन् बाँकी छ ।
अध्यक्ष गुरुङ दोहोरिएका हुन् । बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटा उम्मेदवार बनेका छन् । यस्तै शहीदलखन गाउँपालिका अध्यक्षमा नारायण लामिछानेले उम्मेदवारी दिने भएका छन् भने उपाध्यक्ष टुङ्गीन बाँकी छ ।


फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार