
गाेरखा। गाेरखाकाे शहिदलखन गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित २० जना जनप्रतिनिधिले शनिवार सामुहिक राजिनामा दिएका छन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उनीहरुले सामुहिक राजिनामा दिएका हुन् ।
राजिनामा दिनेहरुमा अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, बडाध्यक्षहरु अचलबाबु थापा, गणेश थापा, कृष्ण बहादुर प्रजा, यम बहादुर राना दिलिप नारायण थापा काशिनाथ अम्गाईले राजिनामा दिएका हुन् ।
यसैगरी कार्यपालिका सदस्य सकुन थापा मगर र कल्पना बयलकोटी, न्यायिक समितिका सदस्य देवराज खनाल र इश्वर दवाडीका साथै ८ जना वडा सदस्यहरुले पनि राजिनामा दिएका छन् ।

निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्नको लागि राजिनामा दिनैपर्ने बाध्यात्मक ब्यबस्था अनुसार उनीहरुले पदबाट राजिनामा दिएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत जिवन आले मगरको अध्यक्षतामा भएको कार्याक्रममा राजिनामा दिएका जनप्रतिनिधिलाई सम्मानपत्र सहित बिदाई गरिएको छ ।

