• शनिबार, साउन १६ २०८३

नयाँ पुस्ताको चिन्ता गर्नेहरुले मलाई भोट दिनुहुन्छ : बालेन शाह


आइतबार, बैशाख ११ २०७९
3.6K
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताएका छन् ।

आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै शाहले यस्तो आग्रह गरेका हुन् । ‘राजनीतिक दल र नेताहरुलाई गाली गर्नुको कारण देख्छु– नयाँ पुस्ताको चिन्ता । अहिलेको पुस्ताले परिवर्तन ल्यायो, जनताको छोरो शासन सत्तामा पुग्ने भयो ।

अब छोराछोरीको भविष्यको चिन्ता छ । शिक्षा र स्वास्थ्यमा परिवर्तन चाहिएको छ’ उनी भन्छन्, ‘आशा छ, नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिनुहुन्छ ।’ नेपालको विकास मोडलमा समस्या देखेको उनी बताउँछन् । ‘मैले इन्जिनियरिङ पढें । बुझ्दा हामीले गरिरहेको विकास गलत रहेछ ।

०७२ को भूकम्पमा सय वर्ष पुरानो माटाका घर नभत्किने, आधुनिक घर भत्किने यो किन भयो रु’ शाह थप्छन्, ‘एउटा मात्रै मापदण्ड भनेर वा फलाम बढी हाल्दैमा विकास दिगो हुन्छ भन्ने मानसिकता गलत छ ।’

पत्रकारहरुले कसरी सुशासन कायम गर्नुहुन्छ रु भनी गरेको प्रश्नमा उनले सक्दासम्म कार्यपालिकाको बैठक लाइभ गर्ने बताए । ‘कार्यपालिकाको बैठक लाइभ गर्ने । यसो गर्दा जनताले कुन–कुन एजेण्डामा क–कसले कस्तो भूमिका खेल्यो भन्ने थाहा पाउनुहुन्छ र सोही अनुसार चुनावमा निर्णय गर्न सक्नुहुन्छ ।’

सुशासन कायम गर्ने महानगर प्रमुखले नै रहेको उनी बताउँछन् । ‘मेयर आफैं भ्रष्टाचारी भयो भने अर्कोले १०० रुपैयाँ माग्छ, अर्कोले माग्छ । यसकारण समस्या हुँदै आएको देखिन्छ,’ शाह भन्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार