????????????????????????????????????

गोरखा । गोरखामा सत्ता साझेदार गठबन्धन टुटेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलविच चुनावी तालमेल गरेर अघि बढ्ने यसअघिको प्रयास र सहमती कार्यान्वयन हुने अवस्था नभएपछि गठबन्धन टुटेको हो ।
यससंगै नेपाली काँग्रेसले गोरखाका ११ वटै स्थानीय तहमा एकल उम्मेदवारी दिने भएको छ । आइतबार बिहान पत्रकार सम्मेलन गर्दै काँग्रेस गोरखाका सभापति नन्द प्रसाद न्यौपानेले गठबन्धन दलवीच तालमेलको सम्भावना नरहेको र चुनावी मैदानमा आफ्नो पार्टी एकल जाने बताएका हुन् ।



‘काँग्रेस जिल्लाको ठूलो दलका हिसाबले गठबन्धन जोगाउन हदैसम्म प्रयास र लचकता अपनायौं, तर त्यसलाई अरु दलका साथीहरुले कमजोरीका रुपमा लिनुभयो’ सभापति न्यौपानेले भने ‘दुखका साथ भन्नु पर्छ, अब गठबन्धनको सम्भावना सकियो, हामी एक्लै भिड्न तयार छौ ।’
केहिदिन अघि केन्द्रमा भएको सहमती र जिल्लालाई आएको परिपत्रमा समेत अघिल्लो चुनावमा आफुले जितेको स्थान छोड्न नपर्ने भन्ने रहेको तर गठबन्धन जोगाउनकै लागि आफुले जितेको पालिका दिन तयार हुदा समेत सहमती नभएको उनको दावी छ ।


‘हामी केन्द्रको स्प्रिट अनुसार अघि बढौं भन्ने पक्षमै थियौ तर केहि दलका साथीहरुको महत्वाकांक्षा र राजनीतिक अपरिपक्वताका कारणले हामी सबै संगै मिलेर जान सकेनौ र तालमेल ट¥यो’ काँग्रेस सभापति न्यौपानेले भने ‘आज हामीले कार्यसमिति बैठक बसेर जिल्लामा एक्लै प्रतिप्रस्पर्धामा जाने निर्णय गरेका छौ, यसमा सबैको सहयोग र सद्भावको अपेक्षा गरेका छौ ।’
गोरखामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एसवीच चुनावी तालमेलका लागि ८ पटक औपचारिक बैठक बस्दा समेत सहमती हुन सकेको थिएन ।
शनिबार गठबन्धनको अन्तिम बैठकमा समेत सहमती नजुटेपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच मात्रै तालमेल गर्ने सहमती बनेकाे थियो । तर सो बिषय बाहिर आएपछि केन्द्रमा जसपाका संघिय अध्यक्ष डा बाबुराम भट्टराईले काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर गठबन्धनभित्रै तालमेल हुनुपर्ने भन्दै पालुङटार र धार्चेको प्रमुखका लागि दवाव दिएका थिए ।


सोहीका आधारमा शिर्ष नेताहरुबाट काँग्रेस र माओवादीका नेताहरुलाई दवाव र निर्णयमा हस्तक्षेप बढेपछि दुइदल वीचको सहमती समेत भंग गर्दै एक्ला एक्लै रुपमा मित्रवत प्रतिस्प्रर्धामा जाने निर्णयमा दलहरु पुगेको बताइएको छ ।
काँग्रेसले गोरखामा भाेली साेमबार ११ पालिका र ९४ वटै वडाका पूरै सेटसहित उम्मेदवारी दर्ता गराउने तयारीमा रहेकाे सभापति न्याैपानेले बताए । वडाकाे उम्मेदवार करिब टुंगाे लागेकाे र पालिकाकाे हकमा भने साँझसम्म प्रदेश कमिटिले टुंग्याउने उनले जानकारी दिए ।

