• शनिबार, साउन १६ २०८३

गोरखामा काँग्रेस र माओवादीवीच मात्रै चुनावी तालमेल हुने, यस्ताे छ भागबण्डा


शनिबार, बैशाख १० २०७९
845
Shares

गोरखा । गाेरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मात्रै चुनावी तालमेल हुने भएको छ । सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी र नेकपा एससमेत रहेपनि गोरखामा भने काँग्रेस र माओवादीवीच मात्रै चुनावी गठबन्धन हुने भएकाे हाे ।

पटक पटक बसेकाे चार दलिय गठबन्धन बैठकमा भागबण्डामा सहमती हुन सकेकाे थिएन । करिब ८ पटक बसेकाे गठबन्धनकाे बैठकमा सहमती हुन नसकेपछि काँग्रेस र माओवादीवीच मात्रै चुनावी तालमेल गर्ने निर्णयमा दुई दल पुगेका हुन् ।

जसमा कांग्रेसले ७ र माओवादी केन्द्रले ४ वटा पालिका लिएर गठबन्धन गर्ने विषयमा सहमती भएको छ ।

कांग्रेसले गोरखा नगरपालिकासहित गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिकामा प्रमुख पद लिने सहमती भएको छ ।

माओवादी केन्द्रले पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका र यस अघि जितेको बारपाक सुलिकोट गाउँपालिका, शहीदलखन गाउँपालिका लिने निर्णय भएको बताइएकाे छ ।

वडाको हकमा पनि यस अघि जितेको वडा यथावत रहने र एमालेसहित जसपाले जितेकाे वडामा भने काँग्रेस र माओवादीवीच बाँडफाँड गर्ने सहमती भएकाे स्राेत बताउछ ।

शनिबार दिउँसाे दुई दलवीच भएकाे बैठकमा कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, केन्द्रिय सदस्यहरु सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, अब्दुल सत्तार, नेतृ कमला पन्त सहभागी छन् भने माओवादी केन्द्रबाट जिल्ला इन्चार्ज कृष्ण धिताल, अध्यक्ष लेख बहादुर थापा मगर, केन्द्रिय सदस्य अमर तमु, शुसिला सिम्खडा सहभागी रहेकाे स्राेतले जनाएकाे छ ।

यता जनता समाजवादीले समेत नेकपा एमालेसंग तालमेल गर्न छलफल अघि बढाएकाे एमाले स्राेतले बताएकाे छ । यसअघि गठबन्धनमा जसपाले गोरखाका ३ स्थानीय तहमा प्रमुख दावी गर्दै आएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार