• शनिबार, साउन १६ २०८३

स्थानीय तह निर्वाचनका लागि गोरखामा चारदलीय गठबन्धन नहुने


शनिबार, बैशाख १० २०७९
1.1K
Shares

गोरखा। गोरखामा स्थानीय तह निर्वाचनमा चार दल बीच चुनावी तालमेलमा सत्ता गठबन्धन नहुने भएको छ ।

शनिबार बिहान आठबजे बसेको गठबन्धन संयन्त्रको आठौँ बैठकमा सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलले गठबन्धन नगर्ने निर्णय गरेको हो।

आठ पटक बैठक बस्दा पनि सबै दलका नेताले आ–आफ्नो अडान नछाडेको उक्त निणय गरेको न्यौपानेले बताए ।

हार्दिकता पूर्वक एक्लाएक्लै चुनावी मैदानमा जान पनि सकियो, सत्ता गठबन्धनभित्रैका दुई वा तीन दल मात्र मिलेर अघि बढ्न पनि सकिने कांग्रेसका सभापति न्यौपानेले बताए ।

नेपाली कांग्रेसले सात, माओवादीले पाँच, जनता समाजवादी पार्टीले दुई पालिका दाबी नछाडेको लेखबहादुर थापाले बताए ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष थापा नेपाली कांग्रेसले एक नगरपालिकासहित सात पालिका र ४५ वडा, माओवादीले एक नगरपालिकासहित पाँच पालिका र ४५ वडा, जसपाले एक नगरपालिकासहित दुई पालिकाको नेतृत्व लिने गरी दाबि गरेकाे नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार