• शनिबार, साउन १६ २०८३

केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन


शुक्रबार, बैशाख ९ २०७९
680
Shares

नेपाली काँग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ ।

जिल्ला सभापति राजेश्वर खनालले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गरेकाे विज्ञप्तिमा भनिएको छ ।

आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएको अवस्था र काँग्रेसले गठबन्धनलाई आत्मसाथ गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै केन्द्रीय परिपत्रअनुसार गठबन्धनलाई पूर्णपालना गरी अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहेकाे विज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार